काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गरी ग्राहकहरूलाई छिटो भुक्तानी गर्न उक्त प्रणालीको सुरु गरेको हो ।
नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दाबी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । साथै, उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हुने बताए ।
लघुबीमामार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्लाभरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरुको कर्जा चुक्ता क्षमतालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरी निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।
सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरी नेपालमा लघुविमा योजना सुरु गरेको थियो । त्यसपछि मेटलाइफले यसको नियमित समीक्षा गरी प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ । मेटलाइफले हाल चौबिस लघुवित्त संस्थाहरूसँग साझेदार गरी आठ लाख ऋणीहरूको बीमा गरेको छ । हालसम्म कम्पनीले करिब चौबिस हजार दावीहरू वापत एक अर्ब तीस करोड रुपैयाँ भुक्तान गरिसकेको छ ।
मेटलाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतको अनुसार यस प्रणालीको सुरुवातले दावीहरूको प्रशोधन समय उल्लेख्य रुपमा घटाउन मद्दत गर्नेछ किनकि यसमा दाबी सारांश तयारी, डिस्चार्ज भाउचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्यांक भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन । यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै, उनले आफ्ना लघुग्राहकहरूलाई समयमै सेवा प्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए ।
मेटलाइफले लघुबीमाका ग्राहकलाई छिटो दाबी भुक्तानी गर्ने प्रणाली ल्यायो
आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७८
१३ मंसिर, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक