News Portal

  • समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७८
    ११६२ पटक
    १२ मंसिर, २०७८

    काठमाडौं । समृद्धि फाइनान्सले मंसिर ११ गते विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न गरेको छ । उक्त वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो ।
    उक्त कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम एयरपोर्ट होटेल, काठमाडौंमा आयोजना गरिएको थियो । कार्यक्रममा व्यापार प्रवद्र्धनका लागि थप रणनीतिक योजना, कार्यक्रम, प्रोडक्कलगायतका विषयमा छलफल गरिएको थियो ।
    समृद्धि फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।
    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्