News Portal

  • आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७८
    ७७४ पटक
    १० मंसिर, २०७८

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
    सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलगायतका विविध प्रस्ताव पारित गरेको छ ।
    साथै, सभाले सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।
    साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ३० गते शेयरधनीदर्ता पुस्तिका बन्द गरेको थियो । त्यसकारण कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

    प्रतिकृया दिनुहोस्