News Portal

  • नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७८
    ९९६ पटक
    ६ मंसिर, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
    नेपाल बङ्गलादेश बैंकको नवनिर्वाचित सञ्चालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष एआरएम नजमुस शकिबलाई नै बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।
    हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्