काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
यो सेवा हाललाई बीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुन हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत पनि उल्लेखित अस्पतालका अनलाइन ओ.पी.डी. टिकट सेवा प्रदान गर्दे आइरहेको छ ।
विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमा ः
स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रवद्र्धित कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
आर्थीकसंसार संवाददाता६ मंसिर, २०७८
६ मंसिर, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता