काठमाडौं । नेपाल बैंकले ८५औं वार्षिकोत्सव अवसरमा भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए ।
बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीलगायत बैंकका कर्मचारीहरु तथा विभिन्न ग्राहकहरुले कार्यक्रममा रक्तदान गरेका थिए । लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी बैंकले वार्षिकोत्सवको अवसरमा देशका विभिन्न भागमा विविध सामाजिक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ । बैंकले यसअन्तर्गत सुनसरी जिल्लाको पार्वती माध्यमिक विद्यालयलाई पंखा र दराज, मोरङका जिल्लाको रणकाली मन्दिरलाई प्लास्टिकको कुर्सी, वीरगंज उपमहानगरपालिकामा रहेको माानव सेवा आश्रममलाई ट्रयाक सुट र खाद्य सामाग्री र अन्य धेरै संस्थालाई पनि सहयोग गरेको छ ।
साथै, वार्षिकोत्सवको अवसरमा बैंकमा अनवरत रुपमा २० वर्षभन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीहरुलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहकाबीच प्रतिक तथा प्रशंसा पत्र वितरण गरेका थिए ।
नेपाल बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१ मंसिर, २०७८
१ मंसिर, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता