News Portal

  • भिडियो कल मार्फत खाता खोल्न सकिने पहिलो बैंक बन्यो एनएमबि

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    १३९५ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । एनएमबि बैंकले भिडियो कलमार्फत खाता खोल्न सक्ने योजना ल्याएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमबि बैंकले ग्राकहले बैंकमा भिडियो कल गरेर ५ मिनेटमै खाता खोल्न सकिने व्यवस्था गरेको हो ।
    भिडियो कलमार्फत बैंकमा खाता खोल्न सकिने योजना ल्याउनेमा एनएमबि बैंक पहिलो बैंक पनि बनेको छ । नेपाली बैंकिङ क्षेत्रलाई डिजिटल तथा प्रविधि मैत्री बनाउनका लागि एकपछि अर्को प्रयास गर्दै आएको एनएमबिले भिडियो कलमार्फत खाता खोल्न सकिने योजना ल्याएर पुनः अर्को नयाँ प्रयासको सुरुवात गरेको हो ।
    अब देश तथा विदेशमा रहेको मानिसहरुले एनएमबि बैंकमा खाता खोल्न चाहेमा बैंकमा भिडियो कल गरेर ५ मिनेटमै खाता खोल्न सक्नेछन् । भिकेवाइसी भिडियो कलमा आधारित योजना हो ।
    ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्नको लागि यो योजना ल्याएको एनएमबि बैंकका रिटेल हेड राशन रेग्मीले बताए । उनका अनुसार वर्तमान अवस्थालाई मध्यनजर गर्दै म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शीता त्रुटीरहित र कागजविहीन बैंकिङ प्रदान गर्नका लागि एनएमबि बैंक सधैं अगाडि रहेको छ ।
    उनले बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यका नाताले वातावरणमैत्री बैंकिङ प्रणाली विकास गर्नका लागि पनि सधैं प्रतिवद्ध रहेको बताए ।
    यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुुनिल केसीले बैंकले अझै नयाँ प्रडक्ट ल्याउनका लागि यस्ता योजनाहरुले हौसला दिने बताए ।
    कोरोना भाइरसले विभिन्न क्षेत्रमा समस्या उत्पन्न गरेपनि प्रविधिको क्षेत्रमा भने राम्रो फड्को मार्ने अवसर प्रदान गरेको उनको भनाई छ । उनले अब चाँडै एनएबि बैंकले नयाँ प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको पनि उनले बताए ।
    भिडियो कलबाट कसरी खोल्ने खाता ?
    एनएमबि बैंकमा स्वेदश तथा विदेशको जुनसुकै ठाउँबाट पनि खाता खोल्न सकिन्छ । यस बैंकमा खाता खोल्नका लागि तपाईंले जततउकस्ररखअअ।लmद।अयm।लउ लिंकमा जानु पर्ने हुन्छ ।
    त्यसमा गएर एनएबि बैंकको प्रतिनिधिले तपाईंको भिडियो कल उठाउँछन् । र , तपाईंलाई खाता खोल्न इच्छुक भएको वा नभएको बुझ्छन् ।
    तपाईं खाता खोल्न मञ्जुर भएपछि तपाईंले आफ्नो कुनै परिचय पत्र भिडियो कल मार्फत देखाउनु पर्ने हुन्छ । सिस्टमल तपाईंको परिचय पत्र लिइसकेपछि एउटा खालि कागजमा तपाईंले हस्ताक्षर गरेर देखाउनु पर्ने हुन्छ ।
    हस्ताक्षर गरेपछि तपाईंको खाता खोल्ने प्रक्रिया अगाडि बढ्छ । त्यस लगत्तै तपाईंका इमेलमा खाता खालेको सन्देश तपाईंलाई प्राप्त हुन्छ ।

    प्रतिकृया दिनुहोस्