News Portal

  • सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    ११३८ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको दसौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
    सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको हो । संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
    यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरुमार्फत ५८ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्