News Portal

  • मेरो माइक्रोफाइनान्सको ९औं बार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १३७० पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । संस्था आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा एक अनौपचारीक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ ।
    संस्थाले आफ्नो स्थापनको ९औं वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण ग्राहक, नियमक निकाय, शेयरधनी तथा सरोकारवालापक्ष लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको यस्तो माया साथ र सपोर्टको अपेक्षा गरेको बताएको छ ।
    २०६९ साल कार्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
    संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायतका सेवा प्रदान गरिरहेको छ ।
    स्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

    प्रतिकृया दिनुहोस्