काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd, अष्ट्रेलियाबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले अब Forex Sport Pty Ltd, मार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपालभरी रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नुहुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताले विशेषगरी विदेशमा रहनुभएका नेपालीहरुले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ्ग सेवा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएमबाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।
प्रभु बैंक लिमिटेड र फोरेक्स स्पोर्ट लिमिटेडबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
२६ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी