News Portal

  • मेगा बैंकले १२.०७ प्रतिशत बोनश शेयर वितरण गर्ने

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    १०४८ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । मेगा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्