News Portal

  • कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ७३८ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले सबै पुरानै सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको बताएको छ ।
    त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्तावसमेत पारित गरेको छ ।
    कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गरेको थियो । यसका आभारमा कार्तिक ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्