News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको जागिरको आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०७८
    १८०६ पटक
    २२ कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएको छ ।
    राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।
    ‘खल्ती’ को प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्