News Portal

  • एनआईसी एशिया बैंकले कार्डलेस सुविधा ल्यायो

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०७८
    ९७५ पटक
    १९ कार्तिक, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।
    यस सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मो. बैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ ।
    त्यसपछि ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने बैंकले बताएको छ । सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।
    डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्