News Portal

  • सिटिजन्स बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    १३४२ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम सम्पन्न भएको हो ।
    उक्त साधारणसभाले आर्थिक बर्ष २०७७÷०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्त सम्मको तयार गरिएको वासलात, आर्थिक बर्ष २०७७÷०७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको हो ।
    साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १२ दशमलव ९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१ बराबरको बोनश शेयर वितरण गर्ने र ३ दशमलव ०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
    बोनस शेयर वितरण पछि बैककोे चुँत्ता पुजी १४ अर्ब २० करोड पुगेको छ । साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्