News Portal

  • भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यास ब्याक अफर

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७८
    ८०७ पटक
    १८ कार्तिक, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।
    ‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।
    यसैगरी, ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
    मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्