News Portal

  • नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७७
    १११२ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महाप्रबन्धमा निरज बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैंठकको ०३ नं. को निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेल तथा नायव महाप्रबन्धकमा बस्नेत नियुक्त भएको हो ।
    पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा काम गरेको अनुभव छ । बस्नेत भने प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए ।
    कम्पनीले साउन १२ र २२ गते रिक्त पदका लागि १५ दिने सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो । सोही १५ दिने सूचना प्रकाशित बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्