News Portal

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ

    को को बने मन्त्री ?

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ११७२ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनलाई पद तथा गोपनीयताको सपथ गराए ।
    मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गर्ने गठबन्धनमा सहमति जुटेको छ । सहमतिअनुसार नेपाली कांग्रेसले २, नेकपा (माओवादी केन्द्र)ले १, जनता समाजवादीले १ मन्त्री पाउने भएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिने सहमति भएको मुख्यमन्त्री राईनिकट स्रोतले बतायो ।
    नयाँ मन्त्रीहरूमा कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री नियुक्तिको लागि सहमति बनेको छ ।
    संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति बनेको छ । नवनियुक्त मन्त्रीहरूको केही बेरमा सपथको तयारी भएको छ ।

    प्रतिकृया दिनुहोस्