News Portal

  • ज्योति विकास बैंकको श्री प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    १०८० पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले विदुर–३, खड्गभन्ज्याङ (नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ ।
    विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरीले श्री प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गर्नुभएको हो ।
    बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी सिपको विकास गर्न, विद्यार्थीहरुमा प्रयोगात्मक सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई सहयोग गरेको हो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको जनाएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्