News Portal

  • ग्लोबल आइएमई बैंकको काभ्रे र ताप्लेजुङमा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    ९३४ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ ।
    बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाउँपालिका–३, सिन्वामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहनेगरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ्ग शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ ।
    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिनेको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
    कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गर्ने गरेको छ ।
    ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्