News Portal

  • बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    ९५६ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बताएको छ ।
    उक्त शेयरको मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक बैंकका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कार्यालयमा सम्पर्क गरी निवेदन दिन बैंकले आग्रह गरेको छ ।
    बैंकले तोको ३५ दिनभित्रको समय अवधिमा पनि उक्त शेयर खरीदका लागि निवेदन नआएमा अन्य व्यक्ति संघसंस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्