News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    ९४६ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कार्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताव्यापी वार्षिक उत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
    उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित एका थिए । डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भयो ।
    सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
    त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले कार्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर आज ९कात्तिक ९ गते० सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । बैंकले देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै पहिलो चरणमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    वचतको महत्व सिकाउन, बैंकिङ्ग कारोबारसम्बन्धी जनचेतनामुलक सन्देश प्रदान गर्न, विद्युतीय माध्यमद्वारा बैंकिङ्ग कारोबार गर्न सिकाउन, बैंकिङ्ग प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्नेलगायतका बैंकिङ्ग सेवासम्बन्धी जनचेतना सृजना गर्ने उद्देश्यका साथ विशेष गरी बैंकिङ्ग सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यससम्बन्धी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
    बैंकको अनुसार देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग ६५०० जनाले उक्त कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्