काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले संयुक्त रुपमा अनावरण गरेका हुन् ।
कम्पनीले आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने बताएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट व्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कम्पनीका संचालक विवेक झाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’का साथ सुभारम्भ गरेको बताए ।
कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्देश्यलाई स्पष्ट पार्छ र कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्दै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई गति दिने योजना रहेको पनि बताए ।
सूर्या लाइफ इन्स्योरेन्स नयाँ लोगो सार्वजनिक
आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
८ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान