News Portal

  • नेपाल बैंकका नवनियुक्त सञ्चालक शाक्यको शपथ

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    ११४३ पटक
    ५ कार्तिक, २०७८

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा रितेशकुमार शाक्य नियुक्त भएका छन् । शाक्य अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
    नवनियुक्त सञ्चालक शाक्यले गत कार्तिक ४ गते सञ्चालक समितिको अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
    शपथ ग्रहण कार्यक्रमपश्चात बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य रितेशकुमार शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, नवनियुक्त सञ्चालक शाक्यले नेपाल बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिँदै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवसमेतको उपस्थिति रहेको थियो । यसअघि उक्त पदमा सुमन दाहाल रहेका थिए । अब उनको सट्टा मन्त्रालयका सहसचिव शाक्यले बैंकको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्