News Portal

  • ग्लोबल बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७८
    ५६६ पटक
    ४ कार्तिक, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको हो ।
    बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधि ग्राहकको इच्छाअनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ ।
    यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।
    बैंकले हाल ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्