News Portal

  • साधना लघुवित्तको ९३औं शाखा काठमाडौमा

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७८
    ११८७ पटक
    २४ असोज, २०७८

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका–१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा यही शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गर्नुभयो ।
    नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।
    वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कार्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्