News Portal

  • हिमालयन बैंकको दिदीबहिनी कृषक समूहलाई सहयोग

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    ११७४ पटक
    १८ असोज, २०७८

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले उदयपुर जिल्ला, चौडण्डीगढीको कटरबोटेमा रहेको “दिदी बहिनी कृषक समूह”लाई फोटोकपीसहितको एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो ।
    उक्त समुहले करिब एक दशकदेखि त्यस क्षेत्रका थुप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरुसमेत छाप्न निकै समस्या भएकाले गर्दा समाज सेवी समूहको आवेदनअनुसार दिदीबहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ ।
    बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदीबहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्