News Portal

  • युवासँग– महालक्ष्मी लाईफ : बेलौरी र टिकापुरमा जनचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    १२५४ पटक
    १८ असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुदूरपश्चिमको बेलौरी कञ्चनपुर र टिकापुर कैलालीमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।


    कम्पनीले बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजाल, कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए । कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदीप तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।


    त्यसैगरी, कम्पनीले असोज १८ गते कैलालीको टिकापुरस्थित टिकापुर बहुमुखी क्याम्पसमा पनि उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० भन्दा बढीको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमाबारे प्रशिक्षण दिएका थिए । कम्पनीले यसअघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै, कम्पनीले यही साता म्याग्दी, बागलुङ र तनहुँमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्