News Portal

  • मेगा बैंकका खातावालाई ल्याटीन एबीएस सर्भिसमा ३० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१७ असोज, २०७८
    ८५० पटक
    १७ असोज, २०७८

    काठमाडौं । मेगा बैंकका ग्राहकले ल्याटीन एबीएस सर्भिसमा विभिन्न सेवामा छुट पाउने भएका छन् ।
    कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने भएको हो ।
    पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।
    यस्तै ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ । कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने छ ।
    कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । कम्पनीले मेगा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधासमेत प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्