काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डबाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले ०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकका कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने योजना ल्याएको हो ।
यस अफरमा बैंकका कार्डबाहकले आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत भुक्तानी गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम १ हजार ५०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।
स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।
बीओकेका कार्डबाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा नगद फिर्ता पाउने
आर्थीकसंसार संवाददाता१६ असोज, २०७८
१६ असोज, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक