News Portal

  • गुराँस लाइफको प्रस्तावित लाभांश स्वीकृत

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७८
    १३०२ पटक
    १६ असोज, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को लाभाश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरी कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    सो लाभांश बीमा समितिले स्वीकृति गरेको जनाएको छ । उक्त लाभांश अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् ।


    कम्पनीले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म ६ पटक मात्रै लाभांश दिएको छ । दोस्रो बजारमा सूचिकृत जीवन बीमा कम्पनीहरुमध्ये आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश घोषणा गर्ने यो अन्तिम कम्पनी हो । बीमा समितिले पटकपटक लेखापरीक्षण सम्पन्न गर्न दबाब दिएपछि बल्लबल्ल तयार परेको हो ।

    प्रतिकृया दिनुहोस्