News Portal

  • हाथवे इन्भेष्टमेण्ट नेपालको साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७८
    ११०० पटक
    १५ असोज, २०७८

    काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौथर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    साथै, कम्पनीको जारी पुँजीको १२ दशमलव ५ प्रतिशतले हुन आउने २९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले नयाँ सञ्चालकमा योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई निर्वाचित गरेको छ ।
    त्यसैगरी सभाले कम्पनीको अधिकृत तथा चुक्ता पुँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्