News Portal

  • प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७८
    १५६७ पटक
    १२ असोज, २०७८

    काठमाडौं । प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांशसम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ । कम्पनी १५औं वर्ष पुगेको अवसरमा सो जानकारी दिएको हो । कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै शेयर थपिने सम्भावना छ । कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको शेयर ११ गुणा भन्दा धेरैले बृद्धि छ ।
    कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, सञ्चालन मुनाफा ४ अर्ब ६९ करोड र सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्