News Portal

  • सनराइज बैंकद्वारा दुर्घटना बीमावापतको रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    ८९६ पटक
    ११ असोज, २०७८

    काठमाडौं । सनराइज बैंक हेटौंडा शाखाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई बैंकले पाँच लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
    बैंकको बचत खातामा बीमाको सुविधा योजनाअन्तर्गत बचत खाता खोल्ने सेवाग्राहीको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा अपाङ्गता भएको अवस्थामा बढीमा ५ लाख वा दुर्घटना हुँदाका बेला बचतकर्ताको खातामा भएको रकमको चारगुणा रकम दिइने सुविधा रहेको प्रबन्धक खतिवडाले बताए । साथै, यस बचत खातामा दुर्घटना बीमाको अलावा स्वास्थ्य बीमाको पनि सुविधा रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्