News Portal

  • नबिल बैंकले गल्छी गाउँपालिकाका उद्यमीलाई सहुलियत कर्जा दिने

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १२२३ पटक
    ८ असोज, २०७८

    काठमाडौं । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकासँग दिगो बैंकिङ्गअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । बैंकले उक्त गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सो सम्झौता गरेको हो ।
    नबिल बैंकका तर्फबाट वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौतामार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
    नबिल बैंकले गत असार १५ गते धान दिवसकै दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ्ग कार्यक्रम सार्वजनिक गरेको हो ।
    कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषियन्त्रकै व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्