News Portal

  • कुमारी बैंकले महिलाहरुलाई आत्मरक्षाको तालिम दिँदै

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १३२८ पटक
    ८ असोज, २०७८

    काठमाडौं । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’को उद्देश्यसहित कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।
    महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्ममनोबल उच्च बनाउने उद्देश्यसहित उक्त प्रशिक्षण सुरु गरिएको बैंकले जनाएको छ ।
    यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झुटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानुनी रक्षासम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
    सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशमा उक्त प्रशिक्षण सञ्चालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि सञ्चालन गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
    बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्