News Portal

  • नेपाल फाइनान्सको साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
    ८८० पटक
    ८ भदौ, २०७७

    काठमाडौं । नेपाल फाइनान्सको भदौ ११ गते आइतबार साधारणसभा गर्ने भनिएको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ११ गते सम्पन्न गर्ने सभा आह्वान गरेकोमा निषेधाज्ञाका कारण सभा स्थगित गरिएको कुरा एक सूचनामा उल्लेख छ । कम्पनीले अर्काे सूचना जारी नभएसम्मको लागि सभा स्थगित गरेको समेत सोही सूचनामा भनिएको छ ।
    कम्पनीले एकै पटक ८ आर्थिक वर्षको साधारणसभा आह्वान गरेको थियो । नयाँ मिति तोकिएपछि साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०६८/६९ देखिको वित्तीय विवरण, वार्षिक प्रतिवेदन, संचालक नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति अनुमोदनलगायतका प्रस्ताव पेश गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीले १७५ प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको छ ।
    हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख पुग्ने छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।

    प्रतिकृया दिनुहोस्