News Portal

  • जोन्टा क्लब अफ काठमाडौंलाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता७ असोज, २०७८
    १२४२ पटक
    ७ असोज, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले क्लबलाई ४ लाख ९५ हजार २०० रुपैयाँ सहयोग प्रदान गरेको हो ।
    सिद्धार्थ बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् ।
    जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसँग पनि सहकार्य गरेको छ ।
    २००२ मा स्थापित सिद्धार्थ बैंक बैंकिङ र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरुमध्यको एक हो । यस बैंकको देशभरीमा १८० वटाभन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्