News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता६ असोज, २०७८
    ११३४ पटक
    ६ असोज, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।
    हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङ्गमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ ।
    मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्