News Portal

  • बन्द उद्योगको बीमा शुल्क छुट दिन बीमा समितिको निर्देशन

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
    ४८८ पटक
    ८ भदौ, २०७७

    काठमाडौं । बीमा समितिले कोरोना भाइरसविरुद्ध घोषणा गरिएको लकडाउनमा बन्द अवस्थामा रहेका उद्योगको बीमा शुल्कमा छुट दिन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।
    बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम बीमाको एक तिहाई गर्ने निर्देशन जारी गरिएको छ । त्यस्तै, लकडाउन अवधिको जोखिम समूहको बीमा दरमा ५० प्रतिशत छुट गर्ने बजेटमा व्यवस्था भए अनुसारको छुट व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    प्रतिकृया दिनुहोस्