News Portal

  • बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    १६९६ पटक
    १ असोज, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
    योसँगैं ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्गमार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्नेछन् ।
    यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनीतिक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ ।
    बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्