काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । बैंकले सोसल मिडिया बैंकिङ, केएस आईमोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
कामना सेवा बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा
आर्थीकसंसार संवाददाता१ असोज, २०७८
१ असोज, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने