News Portal

  • पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

    ७ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता३० भदौ, २०७८्
    १७९३ पटक
    ३० भदौ, २०७८्

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार १२ हजार ५ सय २४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा १ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्