News Portal

  • सनराइज बैंकको ‘सनराइज नारी बचत खाता’ योजना

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ९८२ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । सनराइज बैंकले लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजना ल्याएको छ । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ ।
    महिलाको पर्व हरितालिका तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाता योजनामा शुन्य मौज्दातमा घरैबाट अनलाईनको माध्यमबाट खाता खोल्न सकिने बैंकले जनाएको छ । नारी बचत खातामा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्थासमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
    साथै सो नयाँ योजनामा महिलाहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे जनाएको छ । घरै बसेर खाता खोल्न सकिने उक्त खाता योजनामा स्वास्थ्य बीमाको सुविधासमेत भएको सनराईज बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्