News Portal

  • पछिल्लो २४ घण्टामा १४ सय संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०७८
    १७१३ पटक
    २८ भदौ, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या फेरि १ हजार नाघेको छ । आज संक्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६५ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० जना निको भएर घर फर्किएका छन् ।
    यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्