आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
२३ भदौ, २०७८काठमाडौं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी यो छुटको व्यवस्था गरेको हो ।
तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरुले उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।
बैंकले यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।