News Portal

  • सिभिलको एक्सटेन्सन काउन्टर कपिलवस्तुको करदाता कार्यालयमा

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७८
    ९७३ पटक
    २१ साउन, २०७८

    काठमाडौं । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन् । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोजप्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
    अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थमन्त्रालय आन्तरिक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन् ।
    करिव ६ लाख ग्राहकलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले यस एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै, बंैकको हालसम्म ८६ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्