News Portal

  • नेपाल इन्स्योरेन्सको कामु सीईओ ईश्वर पोखरेल

    आर्थीकसंसार संवाददाता८ साउन, २०७८
    ७३१ पटक
    ८ साउन, २०७८

    काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
    सीईओ विजयबहादुर साहको कार्यकाल सकिएसँगै कम्पनीले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो । हाल उनी कम्पनीको डेपुटी सीईओको पदमा कार्यरत छन् ।
    नवनियुक्त कामु सीईओ पोखरेलले कम्पनीको अर्को व्यवस्था नभएसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
    इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त हुनुअघि पोखरेलले युनाईटेड फाइनान्समा पनि डेपुटी सीईओको कार्यभार सम्हालेका थिए ।

    प्रतिकृया दिनुहोस्