काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूति गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटल नियुक्त भएका छन् ।
यी संस्थाले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले संयुक्त हस्ताक्षर गरेका छन् ।
बैंकले एक हजार रुपैयाँको अंकित दरको ३० लाख कित्ता ‘९५ सिभिल बैंक ऋणपत्र २०८८’ ऋणपत्र जारी गर्न लागेको हो । उक्त जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । यससँगै प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, ग्लोबल आइएमई क्यापिटलले ३० करोड रुपैयाँ, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले ३५÷३५ करोड रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूति गरेका हुन् ।
सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा चार संस्था नियुक्त
आर्थीकसंसार संवाददाता३ साउन, २०७८
३ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?