काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा आवेदन परेको कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्द भएका ४ हजार ८ सय १ र अन्य कारणबाट आवेदन रद्द भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० कित्ता सेयर परेको बताइएको छ ।
कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । त्यसमा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । ५८ लाख ५ हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, युनियन लाइफ इन्स्योरेन्सको वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइटमार्फत आईपीओको नतिजा हेर्न सकिन्छ ।
युनियन लाइफको आईपीओ बाँडफाँड
आर्थीकसंसार संवाददाता३१ असार, २०७८
३१ असार, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न